Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

    सांसदले उठाएका प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 522
    SHARES

    फाइल फोटो

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।



    आजको बैठकमा सांसदहरुले अर्थतन्त्र संकटमा परेको, पाठ्यपुस्तक समयमै पुग्न नसकेको, रासायनिक मलको अभाव, विपद्का घटनामा कमी आउन नसकेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।



    सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन निर्देशन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार