Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • संसदीय समितिले अर्थमन्त्रालयसँग माग्यो सीसीटीभी फुटेजसहित अन्य कागजात

    संसदीय समितिले अर्थमन्त्रालयसँग माग्यो सीसीटीभी फुटेजसहित अन्य कागजात

    अनलाइन नेपाल
  • मंगलबार, २८ असार २०७९
  • 912
    SHARES

    फाइल फोटो

    काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेजसहित अन्य कागजातहरु मागेको छ ।

    मंगलबार सिंहदरवारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सीसीटीभी फुजेट माग गर्ने निर्णय गरेको हो ।



    समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार सीसीटीभी फुजेटसहित अन्य आवश्यक काजगात समेत माग गर्ने निर्णय भएको छ ।



    समितिको निर्णय अनुसार समिति सचिवालयले अर्थमन्त्रालयलाई पत्राचार गर्ने उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार