Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

    नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 930
    SHARES

    काठमाडौं । नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ । असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो ।

    सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन् ।



    आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको थियो ।



    आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार