Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतार प्रहरीको नाममा अल ताक्वेत ओभरसिजको ठगी धन्दा, प्रतिव्यक्ति १५ लाखसम्म असुली

    कतार प्रहरीको नाममा अल ताक्वेत ओभरसिजको ठगी धन्दा, प्रतिव्यक्ति १५ लाखसम्म असुली

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 2.9K
    SHARES

    काठमाडौं । कतार प्रहरीमा जागिर लगाइदिने भन्दै अल ताक्वेत ओभरसिज नामक म्यानपावर कम्पनीले गैरकानूनी रुपमा प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म ठगी गरेको रहस्य खुलेको छ । गत वर्ष पनि सोही वाहानामा प्रतिव्यक्ति ७ लाख रुपैयाँ ठगी गरेको पुष्टि भएपछि कतार प्रहरीको माग नै रद्ध गरिएको थियो ।

    सोही कम्पनीले अहिले फेरि ‘नक्कली विज्ञापन’ प्रकाशित गरेर प्रतिव्यक्ति १० देखि १५ लाखसम्म रकम उठाइरहेको एक व्यक्तिले बताए । जबकी सरकारले कतार प्रहरीमा निशुल्क पठाउने निर्णय गरेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर यसबारेमा जानकार भएपनि उनले अहिलेसम्म केही बोलेका छैनन् ।



    गत वर्ष अल ताक्वेत ओभरसिजमाथि ठगीको आरोप लागेपछि वैदेशिक रोजगार विभागले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । कतार प्रहरीको आर्थिक चलखेलमा तत्कालिन श्रममन्त्री किसान श्रेष्ठदेखि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासम्म मुछिएका थिए । विचौलियाहरुले आरजुका भाइ भुषण राणाको नाम लिएर सेटिङ मिलाएको दावी गर्दै आएका छन् ।



    तर, अहिले श्रममन्त्री कुँवरको आशिर्वाद पाएका अल ताक्वेत म्यानपावरका सञ्चालक अमित श्रेष्ठले कानून विपरित पैसा उठाइरहेको खुलिसक्दा पनि उनीमाथि मन्त्री कुँवरले कुनै एक्सन लिन सकेका छैनन् ।

    नेपाली युवालाई कतार प्रहरीमा जागिर लगाइदिन्छु भन्दै प्रति व्यक्ति १५ लाख रुपैयाँसम्म उठाएको उक्त कम्पनीले आगामी अगस्ट १६, १७ र १८ गते पाँच तारे होट ह्यातमा अन्तर्वार्ता गर्ने पनि जनाएको स्रोतको दावी छ ।

    स्रोतका अनुसार युवाहरुबाट गैरकानूनी रुपमा उठाएको रकम श्रममन्त्री शेरबहादुर कुँवरसम्म पुर्याएको दाबी गरे पनि मन्त्री निकट स्रोतले भने अस्वीकार गरेको छ । स्रोतका अनुसार सेटिङमा एक दैनिक पत्रिकामा उक्त कम्पनीले विज्ञापन प्रकाशित गरेको बुझिएको छ ।

    गत वर्ष माग नै रद्ध भएपछि यस वर्ष भने रकम बढाएर २ सय युवाबाट ३० करोडसम्म रकम उठाउने योजनासहित श्रेष्ठको समूह लागि परेको स्रोतको दावी छ । श्रेष्ठकै समूहले ठगीको आरोपमा पटक–पटक कारबाहीमा पर्दै आएको शिखर म्यानपावर पनि सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार