Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बीमामा ठगी रोक्न बीमा समितिले ठोस नीति ल्याउनु पर्नेमा जोड

    बीमामा ठगी रोक्न बीमा समितिले ठोस नीति ल्याउनु पर्नेमा जोड

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 771
    SHARES

    काठमाडौं । बीमा समितिले बीमामा ठगी रोक्न प्रहरीसँग सहकार्य गर्ने भएको छ । नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सकिने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका हुन् ।

    बीमा समितिले आयोजना गरेको नेपाल प्रहरीका विभिन्न निकायहरूसँग बीमा दाबी भुक्तानीमा देखिएका समस्या र समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।



    बीमा व्यवसायमा देखिएका धेरै घटनाहरूको छानबिन गरी टुङ्गोमा पुर्‍याउन प्रहरीको सहयोग आवश्यक रहेको उनले बताए ।



    व्यवसायको विस्तारसँगै बढ्ने आपराधिक क्रियाकलापको अनुसन्धान समितिले मात्र गर्न नसक्ने भन्दै उनले अब अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाउनुपर्ने बेला आएको र प्रहरीले गर्ने अनुसन्धानमा सघाउन बीमा समिति प्रतिबद्ध रहेको जानकारी दिए ।

    कार्यक्रममा नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले बीमा सम्बन्धी समस्याको समाधानका लागि जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने र समस्या समाधानका लागि बीमा समितिले ठोस नीति ल्याउनुपर्ने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार