Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बीमा समितिको अध्यक्षमा पूर्व गृहसचिव सिलवाल नियुक्त

    बीमा समितिको अध्यक्षमा पूर्व गृहसचिव सिलवाल नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । सरकारले  बीमा समितिको अध्यक्षमा पूर्व गृह सचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । चिरञ्जीवी चापागाँईको ४ वर्षे सेवा अवधि सकिएर पनि एक महिना खालि रहेको समितिको अध्यक्ष पदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा सिलवाललाई मन्त्रीपरिषदले नियुक्त गरेको छ ।



    समितिको अध्यक्ष बन्नका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला दौडधूपमा रहेका थिए । त्यस्तै,डा.रविन्द्र घिमिरे पनि बीमा समितिको अध्यक्ष पदका आकांक्षि थिए ।



    नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधूपमा गरिरहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार