Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • गायक राजु लामाले चढे जापानको सबैभन्दा अग्लो चुचुरो माउन्ट फुजी

    गायक राजु लामाले चढे जापानको सबैभन्दा अग्लो चुचुरो माउन्ट फुजी

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् ।

    गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका उनी यतिबेला जापानमा छन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।



    फुजीको चुचुरोमा पुग्न आफूलाई सात घण्टा लागेको उनले बताए । फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए ।



    अलग-अलग हिमालहरु चढ्नुको उद्देश्य संसारभर जलवायु परिर्वतनले पारेको असरविरुद्धको सन्देश भएको राजुले बताए । फुजी आरोहणअघि लामाले राजधानी टोकियोमा भव्य कन्सर्ट समेत गरेका थिए ।

    माउन्ट फुजी तीन हजार ७७७ मिटर अग्लो हिमाल हो । उसो त लामाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार