Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • लाङटाङको भ्रमण गर्न गएका शिक्षक काठमाडौं फर्किन पाएनन्, ढुङ्गा खसेर बाटोमै गयो ज्यान

    लाङटाङको भ्रमण गर्न गएका शिक्षक काठमाडौं फर्किन पाएनन्, ढुङ्गा खसेर बाटोमै गयो ज्यान

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    रसुवा । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन्।



    उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो। भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा लागेर लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए।



    यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उहाँसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए। फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो।

    शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पु¥याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार उद्वारकर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुञ्चे पु¥याउने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार