Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्काद्वारा उमेदवारी घोषणा

    चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्काद्वारा उमेदवारी घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्काले उमेदवारी घोषणा गरेका छन् । संघको आउँदो कार्यकालका लागि खड्काले उमेदवारी घोषणा गरेका हुन् ।

    आफ्ना कार्ययोजनासमेत सार्वजनिक गर्दै उनले उमेदवारी घोषणा गरेका हुन् । खड्काले आइतबार फेसबुकमार्फत घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेका छन् ।



    खड्का विगतमा संघको सचिव र कलाकार संघको अध्यक्ष पनि रहिसकेका छन् ।



    संघ मुलुकका फिल्म निर्माताहरुको छाता संस्था हो ।

    खड्कासँगै वर्तमान अध्यक्ष आकाश अधिकारी र अशोक शर्माले पनि अध्यक्षमा दाबी गर्दैै आएका छन् । भदौ १८ गते बस्ने साधारणसभाले संघको नयाँ कार्यसमिति चयन गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार