Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हङकङमा नेपाली विद्यार्थी गुरुङलाई तेक्वान्दोमा स्वर्ण

    हङकङमा नेपाली विद्यार्थी गुरुङलाई तेक्वान्दोमा स्वर्ण

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । हङकङमा नेपाली विद्यार्थीले तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

    चाइना हङकङ तेक्वान्दो फाउन्डेसनले आयोजना गरेको हङकङ इन्टर स्कुल च्याम्पियनसिप प्रतियोगितामा ११ वर्षीय नोयल गुरुङले स्वर्ण पदक हात पारेका हुन्।



    उनी तुङकुङ प्राथमिक विद्यालय युनलोङको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका थिए। प्रतियोगिता गत शनिबार वानचाईस्थित साउदर्न रंगशालामा सम्पन्न भएको हो। गुरुङले स्पारिङमा पदक जितेका हुन्।



    नोयल गुरुङ नेपालीद्वारा सञ्चालित फोरेनर हङकङ तेक्वान्दो एशोसिएसनका मास्टर (चौथो डान) चेतन गुरुङका छोरा हुन् । चेतन गुरुङ गैरआवासीय नेपाल संघ (एनआरएनए) केन्द्रीय खेलकुद बिभागको प्रबन्धक समेत हुन् ।

    चेतन हङकङमा बिभिन्न व्यवसायमा आबद्द छन् । उनले बिधालय स्तरका बालबालिकाहरुलाई पनि तेक्वान्दोको कक्षा दिंदै आइरहेका छन् भने आफ्ना छोरा नोयललाई खेल सिकाउँदै आएका थिए ।

    बाबुको मुख हेर्ने दिननै छोराले उक्त सफलता हात पारेपछि चेतन निकै खुसी बनेका छन् । एशोसियसनका सल्लाहकार समेत रहेका चेतन सामाजिक कार्यमा पनि उत्तिकै अगाडि छन् । कोरोनाको समयमा उनले नेपालमा अक्सिजन सिलिण्डर ल्याउन ठूलो पहल गरेका थिए भने स्वास्थ्य सामाग्रीहरु पनि संकलन गरी नेपाल पठाउन ठूलो भूमिका खेलेका थिए ।

    आयोजकले इन्टर स्कुल तथा ओपन च्याम्पियनसिपमार्फत प्रतियोगिता आयोजना गरेको थियो। जसमा ४० क्लबका झन्डै हजार प्रतियोगी सहभागी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार