Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री खड्काले पाए दोस्रो श्रेणीको रेफ्री लाइसेन्स

    तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री खड्काले पाए दोस्रो श्रेणीको रेफ्री लाइसेन्स

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री लाइसेन्स प्राप्त गरेका छन् । तेस्रो श्रेणीको लाइसेन्स पाएको करिब तीन बर्षपछि उनले दोस्रो श्रेणीको लाइसेन्स पाएका हुन् ।

    वर्ल्ड तेक्वान्दो (डब्लूटी) को रेफ्री कमिटीले अशोकलाई उक्त लाइसेन्स प्रदान गरेको हो । तेक्वान्दोको र्‍याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्समा सहभागिता जनाएपछि प्राप्त अंकका आधारमा अशोक एक श्रेणी माथि उक्लेका हुन् । तेस्रोबाट दोस्रोमा उक्लन कम्तीमा ८ अंक आवश्यक पर्दछ ।



    करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्स ९एक अनलाइनसहित० मा सहभागिता जनाएर १० अंक प्राप्त गरे । अशोकअघि तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रवीन्द्र मल्लमात्र दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय रेफ्री थिए । अशोक अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा सहभागी भइसकेका छन् ।



    अशोकलाई पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार