Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री चौलागाईं छनोट

    एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री चौलागाईं छनोट

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन्।

    चीनको हाङ्झाउ सहरमा हुने एसियन गेमका लागि एसियाली भलिबल महासंघले नेपालबाट सिफारिस गरिएका पाँच जनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।



    नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो । छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् ।



    भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी २ टिम सहभागी हुँदैछन्। एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुँदैछ। एसियन गेम हरेक ४ वर्षमा हुनेगर्छ।

    २०१८ मा इन्डोनेसियामा भएको खेलमा नेपालबाट लासिवा छनोट भएका थिए। २०२२ मा चीन तय भएको खेल कोभिडका कारण प्रभावित भएर अहिले हुन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार