Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

    कञ्चनसँग लगनगाँठो कस्दै गोलकिपर किरण

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 690
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) लगनगाँठो कस्दै छन् ।

    उनले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा हुँदै छ । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।



    किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । उनले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । किरणले माजिया स्पोर्ट एण्ड रिक्रएसनबाट धिवेही लिग खेलेका थिए ।



    इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए ।

    मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खेले। यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जिते।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार