Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य

    सुदूरपश्चिम प्रदेशसभा बैठक अन्त्य

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 750
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेश सभाको दशौं अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । पहिलो प्रदेश सभाको कार्यकालको यो अन्तिम अधिवेशन पनि हो ।

    प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको सिफारिस बमोजिम चालू बर्खे अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी अन्त्यको आह्वान गरेका थिए ।



    प्रदेश सभाको आज शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको अधिवेशन अन्त्य सम्बन्धी पत्रबमोजिम राती १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरे ।



    प्रदेश सभाको पाँच वर्षे कार्यकाल आगामी मंसिरमा समाप्त हुँदैछ । प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार पाँच वर्षे कार्यकालमा प्रदेश सभाले संशोधन विधेयकसहित ६७ वटा विधेयक पारित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार