Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यासिनोहरुलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

    क्यासिनोहरुलाई सात दिनभित्र मनोरञ्जन कर तिर्न महानगरको अल्टिमेटम

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सातवटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।

    महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै कर बुझाउन सात दिने अल्टिमेटम दिएका हुन् ।



    महानगरले वडा नम्बर १ मा रहेको म्यारियटको डेल्टिन क्यासिनो होटल, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, वडा नम्बर २ स्थित क्यासिनो र्‍याट, र्‍याडिसन होटल, प्राइम इन्टरटेनमेन्ट एन्ड रिक्रियसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, वडा नम्बर २६ स्थित बाल्को क्यासिनो होटल, एलप्ट, र बेली क्यासिनो मल्ल होटललाई मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।



    यी क्यासिनोलाई कर बुझाउन पटकपटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि नै नबुझाएको महानगरले जनाएको छ । तोकिएको अल्टिमेटमभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ अनुसार कारबाही गरिने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार