Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कैलाली-५ बाट नारदमुनी राना र क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट प्रतिनिधि सभामा सिफारिस

    कैलाली-५ बाट नारदमुनी राना र क्षेत्र नम्बर ४ बाट लेखराज भट्ट प्रतिनिधि सभामा सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.3K
    SHARES

    कैलाली । नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि लेखराज भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको छ।

    आइतबार बसेको एमाले प्रदेश निर्वाचन समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर ४ बाट भट्टको नाम सिफारिस गरेको हो ।



    एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज भट्ट २०७४ सालको चुनावमा बाम गठबन्धनतर्फबाट निर्वाचित भएका थिए । त्यतिबेला उनी माओवादी केन्द्रमा थिए ।



    यस्तै कैलाली क्षेत्र नम्बर ५ मा संसदीय निर्वाचनका लागि नारदमुनी राना उम्मेदवार सिफारिस भएका छन् । यो निर्वाचन क्षेत्रमा उनी एकल सिफारिसमा परेका हुन् ।

    कैलाली एमालेका इन्चार्ज समेत रहेका राना यसअघि यहाँ निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उनले काँग्रेस नेतृ आरजु राणा देउवालाई हराएका थिए। यसपटक पनि उनको प्रतिस्पर्धा उनैसँग हुने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार