Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लेखराज भट्टको घरमा पुगेका प्रधानमन्त्री प्रचण्डले भने – यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

    लेखराज भट्टको घरमा पुगेका प्रधानमन्त्री प्रचण्डले भने – यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 381
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका हुन् ।



    भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले नेता भट्टको घरसंग ४० वर्षदेखि सम्बन्ध रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ।’

    प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तर समारोहमा सहभागी हुन् आइतबार बिहान धनगढी आइपुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार