Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्डलाई आफ्नो घरमा स्वागत गरेका लेखराज भन्छन्- तत्काल माओवादीमा जाने सम्भावना छैन

    प्रचण्डलाई आफ्नो घरमा स्वागत गरेका लेखराज भन्छन्- तत्काल माओवादीमा जाने सम्भावना छैन

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 441
    SHARES

    काठमाडौं। नेकपा (एमाले) का सचिव लेखराज भट्टले तत्काल माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।

    आईतबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    आज धनगढीको गेटास्थित निवास भेट्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई भट्टले स्वागत गरेका थिए।



    भेटमा उनीहरुबीच पारिवारिक र सममायिक राजनीतिकबाहेक अन्य विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् ।

    नेकपा विभाजन भएपछि एमालेतिर लागेका भट्टले आफू फेरि माओवादीमा जाने विषयमा छलफल नभएको र अहिले त्यो सम्भव पनि नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार