Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • होण्डाको ‘दशैंको शुभ लाभ’ योजना, १५ लाखसम्म जित्ने अवसर

    होण्डाको ‘दशैंको शुभ लाभ’ योजना, १५ लाखसम्म जित्ने अवसर

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । होण्डा टु ह्वीलर्सको आधिकारीक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ । नजिकिदैं गरेको विजया दशमी तथा शुभ दिपावलीलाई लक्षित गरी ल्याइएको योजनामा ७ लाखसम्मको क्यासब्याक र बम्पर उपहारमार्फत १५ लाखसम्म जित्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरुले स्क्य्राच कुपन मार्फत सात लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन् । साथै सात वटै प्रदेशबाट एक–एक जना गरी सात जनाले सात लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार जित्न सकिने पनि योजनामा उल्लेख छ । त्यसैगरी कम्पनीले इजी फाइनान्सको सुविधा पनि ल्याएको जनाएको छ ।



    स्याकार ट्रेडिङका अनुसार यो योजना २०७९ भाद्र २० गतेदेखि सीमित अवधिसम्म मात्र लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरुमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको पनि प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार