Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

    प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन जाँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 861
    SHARES

    चितवन । दुई शिर्ष नेता आज चितवन जादै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली आज चितवन जान लागेका हुन् ।

    कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन जान लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।



    यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।



    एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।

    ओली १०ः५५ बजेको समयमा भरतपुर विमानस्थलमा पुग्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार