Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • खाली भयो टेकुको फोहोर स्टेसन

    खाली भयो टेकुको फोहोर स्टेसन

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 864
    SHARES

    काठमाडौं । करिब छ महिनापछि टेकुस्थित फोहोर ट्रान्सफर स्टेसन सफा बनेको छ । छ महिनादेखि थुप्रिएको फोहोरको व्यवस्थापन सम्पन्न भएपछि स्टेसन सफा बनेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाको कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले गत वर्ष चैत १६ गतेदेखि त्यहाँ थुप्रिएको सबै फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिएको जानकारी दिए । उनकाअनुसार चैत १५ गते त्यहाँको सबै फोहोरको व्यवस्थापन गरिएको थियो ।



    उनले भने,’विभिन्न कारणले टेकुमा थुप्रिएको फोहोरको व्यवस्थापन हुनु एउटा ठूलो सफलता हो जस्तै लागेको छ । कुनै बाधा अवरोध हुँदैन भने अबका दिनमा त्यहाँ फोहोर थुप्रिँदैन । हरेक दिन टेकु स्टेसनमा सङ्कलन भई आएका फोहोरको व्यवस्थापन सोही दिन हुने भएको छ ।’



    साउन २८ गतेदेखि नियमित रूपमा फोहोरको व्यवस्थापन हुँदै आएको छ। यस अवधिमा टेकुबाट दुई हजार टिप्पर फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा लगेर विसर्जन गरिएको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार