Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै

    आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 831
    SHARES

    काठमाडौँ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशैभर १३० वटा मतदान स्थल थपिने भएका छन् ।

    स्थानीय निर्वाचनको बेला कायम रहेका १० हजार ७५८ मतदान स्थललाई बढाई सो संख्या १० हजार ८८८ पुर्याउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।



    स्थानीय निर्वाचनमा मतदान स्थल टाढा भएको भन्दै गुनासो आएपछि सो को व्यवस्थापनका लागि मतदान स्थल थप गरिन लागिएको उनले बताए ।



    त्यस्तै, उनले मतदान केन्द्र तय हुन बाँकी रहेको भएपनि अनुमानित २२ हजार मतदान केन्द्र रहने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार