Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

    साल्ट ट्रेडिङले दसैँअगावै तोरीको तेल उत्पादन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले तोरीको तेल उत्पादन गर्ने भएको छ ।

    दसैँअघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेसनले जनाएको छ ।



    तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेसनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।



    कर्पोरेसनले अहिले आयोडिनयुक्त नुन, एसटीसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेसनको कारोबार निरन्तर बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार