Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

    पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो।

    राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा मानन्धर संस्थापक सञ्चालकका रुपमा रहेका थिए।



    लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उनी एक जना मात्र जीवित थिए । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आएका थिए । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उनी त्यसको संस्थापक सञ्चालक बनेका हुन् । व्यवसायका साथै उनी नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय थिए । मानन्धरले नेपाल भाषाको संवर्द्धनमा पनि काम गरेका थिए ।



    मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उनको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार