Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारको २० प्रतिशत छुट योजना  : १ लिटर खाने तेल किन्न पारिवारिक विवरणसहित नागरिकता बुझाउनु पर्ने

    सरकारको २० प्रतिशत छुट योजना  : १ लिटर खाने तेल किन्न पारिवारिक विवरणसहित नागरिकता बुझाउनु पर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 4.4K
    SHARES

    काठमाडौं । विवादकाबीच अध्यादेशमार्फत ल्याइएको बजेटमा उल्लेख भएका छुटका विषयहरु आर्थिक वर्ष शुरु हुनु अगावै कार्यान्वयनमा ल्याइएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ शुरु हुन अझै एक महिना भन्दा बढि छ । तर, उक्त बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन भने थालिएको छ । जसले गर्दा आम उपभोक्तालाई राहत मिल्ने सरकारको आँकलन छ ।

    बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सरकारले तोके बमोजिम २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।



    सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् । खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।



    योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्टबाट विक्रि वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नून १३ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने साल्ट ट्र्ेडिङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले बजेटमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर अधिकतम २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

    सरकारले आफूले भनेको वाचा त पूरा गर्ने देखियो । तर, सबैभन्दा अचम्म लाग्दो कुरो २ किलो चिनी किन्न पनि पारिवारिक विवरणसहित नागरिकता नै पेश गर्नुपर्ने बाध्यकारी नियम बनाइएको छ । जुन झन्झटिलो र दुःख दिने मनासयले प्रेरित भएको आम उपभोक्ताको बुझाई छ । साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा आवश्यक परिचयपत्रको कागज भन्दै भनिएको छ–‘नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा परिवारका सदस्यहरुको नाम र संख्या उल्लेख गरी एक प्रति बुझाउने ।’

    जसले गर्दा साल्ट ट्रेडिङले दिने २ किलो चिनी, २ किलो पिठो, २ किलो नुन, १ लिटर भटमासको तेल र १ सिलिण्डर ग्यास किन्न पनि नागरिकता बुझाउनु पर्ने भएको छ । त्यो पनि ग्यासो सिलिण्डर एसटीसीकै हुनुपर्ने छ । यदि अन्य कम्पनीको सिलिण्डर छ भने त्यस्ता उपभोक्ताले यो सुविधा पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार