Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चुनावका कारण नेपाल ट्वान्टी–२० लिग सर्‍यो, अब डिसेम्बरमा हुने

    चुनावका कारण नेपाल ट्वान्टी–२० लिग सर्‍यो, अब डिसेम्बरमा हुने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 942
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महत्त्वकांक्षी प्रतियोगिता नेपाल ट्वान्टी–२० लिग डिसेम्बरमा मात्र हुने भएको छ ।

    क्यानले गृह मन्त्रालयको आग्रहअनुसार प्रतियोगिता डिसेम्बरमा सार्नुपरेको जनाएको छ । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल ट्वान्टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तालिका थियो ।



    तर, मंसिर चार गतेका लागि तय भएको संघ र प्रदेशको निर्वाचनका कारण गृह मन्त्रालयले प्रतियोगिताको सुरक्षा व्यवस्था गर्न नसक्ने भएको बताएपछि स्थगित भएको क्यानले जनाएको छ ।



    पहिलो संस्करणमा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार