Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मीन विश्वकर्माको आशंका- कसैको उक्साहटमा परेर चोलेन्द्रले बयानमा हस्ताक्षर नगरेको जस्तो लाग्यो

    मीन विश्वकर्माको आशंका- कसैको उक्साहटमा परेर चोलेन्द्रले बयानमा हस्ताक्षर नगरेको जस्तो लाग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 807
    SHARES

    काठमाण्डौ । महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि चलिरहेको छ ।

    सिंहदरबारमा बिहान ९ बजेदेखि सुरु भएको बैठकमा अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो ।



    एक सय ७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न झन्डै सात घण्टाको समय लाग्ने समितिका सदस्य मीनबहादुर विश्वकर्माले बताए।



    सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पानामा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए ।

    उनले भने, ‘जबराले हस्ताक्षर गर्न प्रभोक गरेको जस्तो लाग्यो । पहिला अन्तिम पानामा मात्रै हस्ताक्षर गर्छु भन्नुभयो तर अहिले हस्ताक्षर गर्न नमानेपछि सुरुदेखि अन्तिमसम्म पढेर सुनाउे काम भइरहेको छ ।’

    सदस्य विश्वकर्माले कसैको उक्साहटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशङ्का व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार