Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • हेलम्बुको खोँचमा फसेका शिक्षकको हेलिकप्टरबाट उद्धार

    हेलम्बुको खोँचमा फसेका शिक्षकको हेलिकप्टरबाट उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 726
    SHARES

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

    दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।



    खोलामा नुहाउनेक्रममा उनी बेपत्ता भएका थिए। उनी खोलाको खोचमा अड्केको अवस्थामा फेला परेका थिए।



    उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार