Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेस बाराले भन्यो – किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट हाल्दैनौं

    कांग्रेस बाराले भन्यो – किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट हाल्दैनौं

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 831
    SHARES

    बारा । एकीकृत समाजवादी नेता किसान श्रेष्ठलाई उम्मेदवार बनाए भोट नदिने नेपाली काँग्रेस बाराले घोषणा गरेको छ ।

    नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ४ का नेता तथा कार्यकर्ताले श्रेष्ठलाई भोट नदिने घोषणा गरेका हुन् ।



    जितपुरसिमरा उपमहानगरपालिका र ३ ले आयोजना गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ४ का काँग्रेसका नेता कार्यकर्ताहरुले यस्तो बताएका हुन् ।



    निर्वाचन क्षेत्र नम्बर ४ पहिला देखि नै काँग्रेसको पकड भएको र अहिले तनहुँका किसान श्रेष्ठलाई गठबन्धनले उम्मेदवार बनाएर पठाए पनि उनलाई भोट दिन नसकिने काँग्रेस बाराले जनाएको छ ।

    किसान श्रेष्ठ बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभामा उम्मेदवार बनाउन लागेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु बिहिबार एमालेमा प्रवेश गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार