Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कतार विश्वकप अन्तिम हुने मेसीको घोषणा

    कतार विश्वकप अन्तिम हुने मेसीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 747
    SHARES

    काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् ।

    एक अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् ।



    यद्यपि उनले फुटबलबाट सन्यास लिन्छन् कि लिंदैनन् भन्नेबारे भने खुलाएका छैनन् । कतार विश्वकप पछि अर्को विश्वकप चार वर्षपछि हुने छ । त्यो बेलासम्म मेसी ३९ वर्ष पुग्नेछन् ।



    त्यसैले पनि उनले विश्वकप नखेल्ने भनेको हुनसक्ने अनुमान धेरैको छ । अहिलेसम्म आफूले शारीरिक रुपमा राम्रो महसुस गरिरहेको उनले बताएका छन् ।

    मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार ३५ म्याचमा जित हासिल गरेको छ । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई समेत हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार