Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच बिदाइ भेट

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 783
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् ।

    मंगलबार सिंहदरबारस्थित मन्त्री खड्काको कार्यकक्षमा अर्को महिना चीन फर्किने तयारीमा रहेकी राजदूत यान्छीले भेट गरेकी हुन् ।



    परराष्ट्र मन्त्रालयका अनुसार भेटमा द्विपक्षीय चासोका विषयमा छलफल भएको थियो । उनले यसअघि परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाइ भेट गरेकी थिइन् ।



    आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी राजदूत यान्छीलाई चीनले यसपछि दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन

    अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको जनाइएको छ । उनी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूत बनेर आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार