Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चिनियाँ राजदूत यान्छी भन्छिन् – ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छ

    चिनियाँ राजदूत यान्छी भन्छिन् – ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास छ

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 963
    SHARES

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् ।

    होउले बुधबार बिहान अमेरिकाले ‘एक चीन नीति’ को गम्भीर उल्लंघन गरेको बताइन् ।



    अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।



    चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको राजदूत यान्छीले बताइन् । राजदूत यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार