Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चिनियाँ राजदूत यान्छीले भनिन् – मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जाँदैछु

    चिनियाँ राजदूत यान्छीले भनिन् – मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जाँदैछु

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 735
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्किएकी छन् । आफ्नो कार्यकाल सकिएपछि राजदूत यान्छी स्वदेश फर्किएकी हुन् ।

    उनले आफ्नो कार्यकाल सकिएपछि मैत्रीपूर्ण र सुन्दर नेपाल छाडेर जान लागेको बताएकी छन् ।



    यान्छीले ट्वीटरमा लेखेकी छन्, ‘आफ्नो कार्यकाल पूरा गरे, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु ।



    सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैँ कदर गर्नेछु।’

    स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तिसँग बिदाई भेट गरेकी थिइन् ।

    उनले आफ्ना सम्पुर्ण नेपाली मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी छन्। नेपालमा रहँदा मित्रता गाँसिएका साथीहरूसँग सधैं कदर गर्ने उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार