Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट

    सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 801
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विदाइ भेट गरेकी छन्।

    राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा विदाइ भेट गरेकी हुन्।



    भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाइ दिए।



    उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ। सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार