Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • नेपालमा भोकमरी बढ्यो, १२१ मुलुकमा नेपालको स्थान ८१ औं

    नेपालमा भोकमरी बढ्यो, १२१ मुलुकमा नेपालको स्थान ८१ औं

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स) मा नेपाल ८१ औं स्थानमा झरेको छ ।

    विश्वका १ सय २१ देशमध्ये भोकमरीको स्थिति जनाउने सुचकांकमा सन् २०२२ मा नेपाल पाँच स्थान तल झरेको छ । सन् २०२१ मा नेपाल १ सय २१ देशमध्ये ७६ औं स्थानमा थियो ।



    बालबालिकाको पोषणसम्बन्धी तथ्यांकमा आधारित भएर देशको स्तर निर्धारण हुने भोकमरीसम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।



    अल्पपोषित वा न्यूनपोषित दर, कुपोषण, बालबालिकाको उमेरअनुसार तथा उचाइअनुसार तौल नहुने र बालमृत्युदरमा आधारित तथ्यांकका आधारमा यस्तो सूची तयार गएिको पनि प्रतिवेदनमा जनाइएको छ ।

    आयरल्याण्डको विश्वव्यापी सरोकार र जर्मनीको वेल्टहंगर हिल्फे संस्थाद्वारा सार्वजनिक गरिएको यस वर्षको तथ्यांकमा नेपालले १९.१ अंक पाएको छ । यसलाई मध्यम खालको भोकमरीको स्थिति मानिन्छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार