Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सोमालियामा खडेरीका कारण भोकमरी, ४३ लाख मानिसहरु प्रभावित

    सोमालियामा खडेरीका कारण भोकमरी, ४३ लाख मानिसहरु प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा त्यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।



    त्यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ ।



    भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ।

    यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार