Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

    वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 960
    SHARES

    काठमाडौं । सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वंशी दाहाललाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गरेको छ ।

    असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी दाहाललाई एआईजीमा गरेको हो । गत ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो ।



    सिफारिसउपर उजुरी नपरेपछि उनको बढुवा भएको गृह मन्त्रालय स्रोतले बतायो । तर गत २८ गते मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा यो विषय भने गोप्य नै राखिएको थियो ।



    सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको थियो । गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीमा थप एक एआईजी दरबन्दी स्वीकृत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार