Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ : केपी ओली

    एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्छ : केपी ओली

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

    बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेलाई एकल बहुमत दिलाउन आह्वान गरेका हुन्।



    ओलीले मंसिर ४ को निर्वाचन राष्ट्र हार्ने कि जित्नेको महासंग्राम भएको बताए । उनले अहिलेको सरकार परमादेशबाट निर्माण भएको बताउँदै प्रतिगामीहरुले नै अहिले एमालेलाई प्रतिगामीको आरोप लगाएको बताए।



    उनले निर्वाचनपश्चात पनि एमालेबाहेक अर्को राष्ट्रिय शक्ति हुन नसक्ने बताए। ओलीले एमालेबाहेक अर्को शक्तिमा आयो भने देश दुर्भाग्यतिर जाने टिप्पणी गरे।

    उनले एमालेको घोषणा पत्रमा विगतमा के गर्‍यो र अब के गर्छौं भन्ने ग्यारेन्टीसहितको दस्ताबेज भएको बताए। राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताए । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनको आह्वान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार