Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यु–१५ महिला साफ च्याम्पियनसिप : भुटानको सामना गर्दै नेपाल

    यु–१५ महिला साफ च्याम्पियनसिप : भुटानको सामना गर्दै नेपाल

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 996
    SHARES

    काठमाडौं । बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ ।

    मङ्गलवारदेखि बङ्लादेशको ढाकामा सुरु भएको प्रतियोगितामा नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो ।



    खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि टोली पूर्ण रुपमा तयार रहेको बताएकी छन् ।



    टोली भुटानसँगको खेल जित्नका लागि उत्साहित रहेको उनले बताइन् । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

    नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार