Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • झण्डै ४ करोड माग दाबीसहित भन्सार छलीमा संलग्न दुई जनाबिरुद्ध मुद्दा दायर

    झण्डै ४ करोड माग दाबीसहित भन्सार छलीमा संलग्न दुई जनाबिरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरेर भन्सार छल्ने दुई जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

    विभागले भन्सार छलेर मालसामान चोरी पैठारी गर्ने चितवन भरतपुर महानगरपालिकाका रामकुमार गुप्ता र शौरभ गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो ।



    अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो ।



    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पक्राउ परेका २ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)अनुसार ३ करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार