Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको

    थप ७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना निको

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 600
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २४९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार ६ सय ३७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ६ सय १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ६७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार