Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पिपुल्स हाइड्रोको आइपीओ खुल्यो, ५१ लाख ५७ हजार कित्ताका लागि आवेदन लिन सुरु

    पिपुल्स हाइड्रोको आइपीओ खुल्यो, ५१ लाख ५७ हजार कित्ताका लागि आवेदन लिन सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 633
    SHARES

    फाइल फोटो

    काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ।

    कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो।



    कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर रु एक सय अङ्कित दरमा निष्काशन गर्न लागेको हो।



    सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार आठ सय ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ।

    सर्वसाधारणलाई बिक्री गरिने शेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मङ्सिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार