Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 780
    SHARES

    फाइल फोटो

    काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३१ साउनदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।



    प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।



    जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा सुरक्षित गरेको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधाणले आवेदन दिन सक्नेछन् ।

    इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले इलामको इलाम नगरपालिकामा ४.९६ मेगावाटको पुवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार