Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नतासा पिर्क मुसार स्लोभेनियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

    नतासा पिर्क मुसार स्लोभेनियाको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 732
    SHARES

    एजेन्सी । स्लोभेनियामा पहिलो महिला राष्ट्रपतिमा वकिल निर्वाचित भएकी छिन् ।

    नतासा पिर्क मुसार पेशाले पत्रकार र वकिल हुन् जसले स्लोभेनियाको वामपन्थी सरकारले समर्थन गरे पनि स्वतन्त्र रूपमा चुनाव लडेकी थिइन्।



    मुसर देशका पूर्व विदेशमन्त्री र निवर्तमान कन्जरभेटिभ नेता एन्ज लोगरलाई हराएर देशको पहिलो महिला राष्ट्रपति बनिन्।



    मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार