Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल

    चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 945
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

    चुनावका लागि काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ ।



    दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाडौं उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो ।



    उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको सहयोग लिन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार