Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललितपुर–१ प्रदेशसभा १ बाट एमालेका मधुसुदन पौडेल निर्वाचित

    ललितपुर–१ प्रदेशसभा १ बाट एमालेका मधुसुदन पौडेल निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 615
    SHARES

    ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं १ (१) मा नेकपा एमालेका मधुसुदन पौडेल निर्वाचित भएका छन् ।

    निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि दाहाललाई पराजित गर्दै पौडेल ११ हजार २९९ मतका साथ निर्वाचित भएका हुन् ।



    दाहालले आठ हजार ६५६ मत प्राप्त गरे । यस्तै राप्रपाका हुमा पाण्डेयले तीन हजार ३८९, नेमकिपाका बुद्ध लामाले १९४, मङ्गोल नेशनल अर्गनाइजेशनका सुरेश मार्फाले १५६, स्वतन्त्र उम्मेदवार कुमार तिमल्सेनाले २४ मत प्राप्त गरे ।



    साथै, चीनबहादुर तामाङले ४३, ठक्कर घिमिरेले १२, दीपेशकुमार खत्रीले एक सय २४, नारायण खड्काले आठ, रामहरि घिमिरेले २४ र श्यामकुमार घिमिरेले ६५ मत ल्याए ।

    कुल ३६ हजार सात सय ८३ मत रहेको यस क्षेत्रमा २४ हजार आठ सय ३७ मत खसेको थियो । यहाँ २३ हजार नौ सय ९४ मत सदर र आठ सय ४३ मत बदर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार