Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ललितपुरमा इनारभित्र खसेकी महिलाको उद्धार

    ललितपुरमा इनारभित्र खसेकी महिलाको उद्धार

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 552
    SHARES

    काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ ।

    दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने क्रममा इनारमाथि चढेको बेला स्लाब फुटेर इनारभित्र खसेकी थिइन् ।



    प्रधानलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ । ललितपुरको सातदोबाटो प्रहरी कार्यालयले उनलाई उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगेको छ ।



    उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार