Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • शेयर बजार साढे ३२ अंकले बढ्यो, २ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार

    शेयर बजार साढे ३२ अंकले बढ्यो, २ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो ।



    बजारमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको हो । २ अर्ब माथिको कारोबार लामो समयको अन्तरालमा भएको हो ।



    म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रो फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३३ वटा कम्पनीका ४२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार