Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धनुषा–४ मा एमालेका रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य निर्वाचित

    धनुषा–४ मा एमालेका रघुवीर महासेठ प्रतिनिधिसभा सदस्य निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 720
    SHARES

    धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवलाई १२४ मतान्तरले हराउँदै महासेठ निर्वाचित भएका हुन् । महासेठले ३२ हजार २३६ मत ल्याए । यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।



    मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।



    २०७४ को निर्वाचनमा पनि प्रतिनिधि सभा तर्फ महासेठले यादवलाई पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार