Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीसँग पराजित प्रदेश-१ प्रधानमन्त्री कपबाट बाहिरियो

    यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीसँग पराजित प्रदेश-१ प्रधानमन्त्री कपबाट बाहिरियो

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 879
    SHARES

    काठमाडौं । प्रदेश-१ राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

    टियु क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश-१ बाहिरिएको हो ।



    लुम्बिनीले लगातार चौंथो जित निकाल्ने क्रममा प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश-१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।



    जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अंक बनाएको छ । समान अंक रहेको बागमती प्रदेशसँग रनरेटमा पछि परेर लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।

    समान ५ खेलबाट ४ अंक भएको प्रदेश-१ चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

    प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार